काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ ।
त्रिविका सूचना अधिकारी शान्ताकुमारी न्यौपानेले शनिबार विज्ञप्ति जारी गर्दै शुक्रवार बिहान शिक्षाध्यक्ष र विज्ञान संकायको डीनको कार्यकक्षमा भएको तोडफोडमा संलग्नलाई कारबाही गर्न नेपाल सरकार र गृह मन्त्रालयलाई अनुरोध गरेका हुन् ।
यही फागुन २३ गते त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसी र अध्ययन संस्थानको डिन कार्यालयको कार्यकक्षमा विद्यार्थी समूहले तोडफोड गरेको थियो। देश-विदेशमा छुट्टै पहिचान कायम गर्न सफल त्रिवि आफ्नो उद्देश्यअनुसार काम गर्दा कुनै कमीकमजोरी देखिए वा कुनै समस्या देखिए वार्ता र संवादद्वारा समस्या समाधान गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने कार्य यही चैत ५ गते हुन गइरहेको स्ववियुलाई भयरहित वातावरणमा सम्पन्न हुन सकोस् भन्ने उद्देश्यबाट प्रेरित रहेको स्पष्ट रहेको त्रिविले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपकुलपति बरालको राजीनामा प्रधानमन्त्रीलाई पेस गरिने
उपत्यकाका आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको मत परिमाण सार्वजनिक
भारतको किट विश्वविद्यालयबाट फर्केका विद्यार्थी त्रिविमा भर्ना हुन सक्ने
त्रिभुवन विश्वविद्यालयद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान
त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन सर्यो
त्रिविविसम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड