एजेन्सी । अमेरिकाले युक्रेनलाई २० अर्ब डलर सहयोग गरेको छ । अमेरिकाले यो कोष रुसको जफत गरिएको सम्पत्तिबाट लिएको बीबीसीको समाचारमा उल्लेख छ । यो आर्थिक सहायता ५० अर्ब डलरको प्याकेजको एक हिस्सा हो ।
अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले जफत गरिएको सम्पत्तिबाट आर्थिक सहायताको अर्थ रूसले आफ्नो अवैध युद्धको मूल्य चुकाउनु पर्ने बताए ।
उनले मङ्गलबार अमेरिकाले विश्व बैंकको कोषमा २० अर्ब डलर जम्मा गरेको र युक्रेनले उक्त रकम पाउने बताए ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले केही साताअघि आफूले पदभार सम्हालेसँगै रुस–युक्रेन युद्ध अन्त्य गर्न चाहेको बताएका थिए ।
ट्रम्पले युक्रेनलाई दिएको सहायतालाई ‘अमेरिकी स्रोतमाथिको बोझ’ भनेका थिए । ट्रम्पको यो भनाइपछि नयाँ राष्ट्रपतिको प्रशासनमा पनि युक्रेनलाई आर्थिक सहायता दिने हो कि होइन भन्ने शंका उत्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २६ मंसिर २०८१, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन
सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने अमेरिकाको तयारी
अमेरिकाले चीनलाई लाएको भन्सार कर २४५ प्रतिशत पुर्याउने
दर्ताबिना ३० दिन बढी अमेरिका बसे जेल र देश निकालासम्मको सजाय
ट्रम्प नीतिविरुद्ध यसरी सुरु भयो अमेरिकाभर ‘ह्यान्डस अफ’ आन्दोलन
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक