काठमाडौं । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ ।
आज बस्ने शिक्षा, राज्य ब्यवस्था र अर्थ समितिको बैठक बस्दैँछ ।
संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा विज्ञहरुसँग छलफल गर्नेछ । बिहान ११ः०० बजे बस्नेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिका बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ । सो बैठक दिनको २ः०० बजे बस्नेछ ।
अर्थ समितिको बैठकमा समितिमा प्राप्त बिधेयकहरु माथिको कार्यवाहीको लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा माननीय अर्थमन्त्री समेतको उपस्थितिमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।
जुन बैठकमा मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व संकलनको अवस्था र भन्सार कार्यालयहरुले व्यहोर्नु परेका नितिगत एवं व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनेछ । सो बिहान ११ः०० बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ मंसिर २०८१, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा टेबुल हुँदै
मिडिया काउन्सिल विधेयक पारित गर्ने संसद्को कार्यसूची
संसदको हिउँदे अधिवेन शुरु, प्रतिनिधिसभामा शीर्ष नेताको सम्बोधन
संसद अधिवेशनको तयारी तीव्र, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
उद्योगसहित तीनवटा समितिको बैठक बस्दै
श्रीलङ्काको संसद भङ्ग, आगामी नोभेम्बरमा निर्वाचन