व्यक्तिगत करदाताको सङ्ख्या ४४ लाख १० हजार

सफल खबर संवाददाता

सोमबार, २४ मंसिर २०८१, ०७ : १४
व्यक्तिगत करदाताको सङ्ख्या ४४ लाख १० हजार

मुलुकको कुल जनसङ्ख्याको १५ प्रतिशत कर प्रयोजनका लागि दर्ता भएको पाइएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार त्यस्तो प्रयोजनक लागि स्थायी लेखा नम्बर लिने व्यक्तिगत करदाताको सङ्ख्या ४४ लाख १० हजार ४४६
पुगेको हो । जुन कुल जनसङ्ख्याको १५.१२
प्रतिशत हुन आउँछ ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकसम्मको उक्त विवरण अनुसार साउनदेखि असोजसम्मको अवधिमा
एक लाख ६१ हजार ७१४ जना व्यक्तिगत करदाता थपिएका छन् । थपिएको उक्त सङ्ख्यासँगै व्यक्तिगत करदाताको सङ्ख्या ४४ लाख नाघेको हो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस