काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका लागि नवनियुक्त सह–नियन्त्रक डिल्लीराम प्रसाईंले पीएचडी नसकिँदै नामका अगाडि ‘डा.’ थपेर नियुक्ति लिएको विषयमा छानबिन हुने भएको छ ।
उपकुलपति कार्यालयका अनुसार पीएचडीका लागि छुट्टाएको ८ नम्बर प्रसाईंले पाए/नपाएको छानबिन हुने भएको हो । ‘पीएचडी सकिएको हो होइन, छनौट समितिले पीएचडीको लागि छुट्टाएको नम्बर उहाँलाई दिएको छ छैन छानबिन हुन्छ,’ भीसी कार्यालयका एक अधिकारीले भने ।
त्रिविले मेरिटको आधारमा उच्च अंक ल्याउनेलाई नियुक्ति गर्ने मापदण्ड बनाएको थियो । मापदण्ड अनुसार पीचडीका लागि ८ नम्बर छुट्टाइएको छ । प्रसाईंलाई पीएचडीको ८ नम्बर पनि दिएर सह–परीक्षा नियन्त्रक बनाएको आरोप लागेको छ ।
छनौट तथा सिफारिस समितिले नाम दिएपछि त्रिविले प्रसाईंलाई सह–परीक्षा नियन्त्रकमा गत बुधबार नियुक्ति गरेको थियो । उनले पीएचडी पूरा गर्न बाँकी रहेको गुनासो आएपछि त्रिविले छानबिन गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ मंसिर २०८१, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विश्वविद्यालयद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान
त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन सर्यो
त्रिविविसम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड
भूकम्प गएपछि त्रिविमा परीक्षाको समय १५ मिनेट थपियो
त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा सोध्न थाल्यो प्रश्नपत्र
त्रिभुवन विश्वविद्यालयका १४ हजार विद्यार्थी दीक्षित