काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र बुटवल-नारायणगढ सडकको निर्माण कार्य पूरा हुने बताएका छन् । २०८३ मंसिरभित्र सम्पन्न गर्नेगरी निर्माण कार्य पुनः प्रारम्भ भएको उनले बताए ।
चीन भ्रमणबाट स्वदेश फर्किने क्रममा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले सोधेको एक प्रश्नको जवाफमा ओलीले २०८३ मंसिरभित्र सम्पन्न गर्नेगरी बुटवल-नारायणगढ सडकको काम पुनः प्रारम्भ हुने बताएका हुन् ।
‘पुनः प्रारम्भ भइसकेको छ, निर्माण कार्य । अथवा केही दिनमा शुरू हुन्छ । २०८३ मंसिर भित्रमा निर्माण कार्य पूरा हुन्छ । त्यो सहमति भएको छ’ ओलीले भने । बुटवल-नारायणगढ सडक निर्माणको काम चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्ट्रक्सनले पाएको छ ।
चीन भ्रमणमा जानुअघि ओलीले मंसिरभित्र काम शुरू नगरे ठेक्का तोड्ने चेतावनी दिएका थिए । त्यसलगत्तै चिनियाँ ठेकेदार कम्पनीले काम शुरू गरेको छ । २०७९ साउनमै सम्पन्न हुनुपर्ने सो सडकखण्डको काम ५० प्रतिशत पनि पूरा भएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० मंसिर २०८१, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भौगोलिक अखण्डता र स्वाभिमानका पक्षमा सदैव कटिबद्ध छौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीको प्रष्टोक्ति- सत्तामा टिकिरहन राष्ट्रिय हितलाई तिलाञ्जलि दिन सक्दैनौँ
स्वास्थ्य बीमा सुधारको कार्य योजना ल्याउन मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
एकता र एकीकरणको चरण समाप्त भयो मर्ज गर्न सकिन्छ : ओली
प्रधानमन्त्री ओली सोलुखुम्बुमा
मधेशका नेताले संविधानको धारा-धारामा राजनीति गरेर जनता अल्मल्याए : प्रधानमन्त्री