काठमाडौं । सरकार एमाले- कांग्रेसको छ । आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्नेगरी केपी ओली र शेरवहादुर देउवाले सरकारको तालाचावी बोकेर बसेका छन् ।
उर्जामन्त्री कांग्रेसका दिपक खड्का छन् । बिजुलीको अर्बौँ बक्यौता उठाएर सरकारी ढुकुटीमा ल्याउन नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा बसेर कुलमान घिसिङ मेहनत गरिरहेकै थिए । तर विचौलिया समुहको जालमा परेपछि उज्यालो नेपालका नायक घिसिङलाई हटाउने योजनामा ओली देउवा एक भएर लागे । अन्ततः बिचौलिया समूह, ऊर्जामन्त्री खड्कासँगै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा सँगै मिसिएपछि ‘उज्यालो नेपाल’का नायकलाई मन्त्रिपरिषद्ले हटाएको छ ।
आफै सरकारमा बस्ने, आफ्नै पार्टी नेता उर्जामन्त्री हुने अनि कांग्रेसका प्रभावशाली नेताहरु घिसिङलाई हटाउने निर्णयको विरोधमा सामाजिक सन्जालमा लेख्ने नौटंकी कांग्रेसमा अहिले चलेको छ ।
क्याबिनेटमा बसेर हटाउने प्रस्ताव लाने कांग्रेसबाट उर्जामन्त्री बनेका दिपक खड्का, क्याबिनेट बैठकमा उर्जामन्त्रीलाई साथ दिने पार्टी सभापति शेरवहादुर देउवाका पत्नी समेत रहेकी परराष्टमन्त्री डा आरजु राणा देउवा अनि पार्टी निर्णय थिएन भनेर रोइलो गर्ने काग्रेस नेताहरु देखिएका छन् । अझ महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्माको रोइला मजाकका रुपमा देखा परेको छ ।
गगन थापाले मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो, तर विडम्बना त्यो भएन भन्दै कांग्रेसका ब्यक्ति उर्जामन्त्री खड्का र प्रधानमन्त्रीतिर दोष देखाएर आफु चोखिन र उम्कन खोजेका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ? हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.... तर विडम्बना त्यो भएन, निर्णय गलत छ,सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।’
अर्का महामन्त्री विश्वप्रकाश शर्मा कुलमान हटाउने कुरामा पार्टी पदाधिकारीमा सहमति नभएको भन्दै सार्वजनिक रुपमा नै कुलमानलाई बाकी अवधी काम गर्न दिनु भनेर आन्तरिक रुपमा सजग गराईएको लेखेका छन् । उनले लेखेका थिए, ‘कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेस पदाधिकारी तहको सहमति थिएन बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरुपमै सजग गराइएको थियो
कार्वाही योग्य केही भए, पछिपनी गर्न मिल्थ्यो केही राम्रा प्रयास छायांमा पार्नेगरी सरकारले कुलमान हटाउनु हुन्न थियो सरकारको यो निर्णय समयोचित विल्कुलै भएन । असन्तुष्टिलाई निराशाको भास्य बनाएर, प्रतिगमनको खेती गर्नेहरुलाई निरुत्साहित गर्नुपर्ने बेलामा सरकारले गलत निर्णय जो लियो, यसप्रती खुला र प्रष्ट रूपमा विमति छ ।’
कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइराला सरकारको कुशासनको निरन्तरणको अर्काे कडी भएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘सरकारको कुशासनको निरन्तरताको अर्को कडीः कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कतिदिन चल्ने र चलाउने ? विनाशकाले विपरित वुद्धि ।’
अचम्मको कुरा कांग्रेसका प्रभावशाली यी नेताहरुको ठिटलाग्दो चरित्रको सामाजिक सन्जालमा उछित्तो काटिएको छ । उनीहरुलाई सामाजिक सन्जालमा कमेन्टमा उदेकलाग्दो टिप्पणी छ ।
वित्तिय क्षेत्र नै एउटा समुहको कब्जामा पार्ने गरी सरकार विचौलियाको चंगुलमा फस्दा पनि निर्णय अगाडी रोक्न नसक्ने तर निर्णयपछि विरोध खेपिन्छ भनेर बोली टोपल्ने कांग्रेस नेताहरुको उदेकलाग्दो रोइलो सामाजिक सन्जालमा मजाक बन्न पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ चैत्र २०८१, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य मनोनीत
भ्रष्टाचारमा दोषी ठहरिएका जिल्ला सभापतिलाई बर्खास्तको माग गर्दै प्रदर्शन
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेसमा क्रियाशील सदस्यता नवीकरण शुल्क २०० रुपैयाँभन्दा बढी लिन नपाउने
यौन व्यवसाय सम्बन्धी अभिव्यक्तिमा कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी
कांग्रेस पदाधिकारी बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?