काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकायरी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय गलत भएको बताएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत थापाले आम नागरिकमा देखिएको असन्तुष्टिमा सरकारले मट्टितेल थप्ने काम गरेको बताएका हुन् । उनले मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्न नसकेको समेत उल्लेख गरेका छन् ।
थापाले लेखेका छन्, ‘आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ? हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो। तर विडम्बना त्यो भएन, निर्णय गलत छ,सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ चैत्र २०८१, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'सरकार ट्याक्टरको गतिमा चलिरहेको छ' : गगन थापा
संविधान संशोधन गरेर ०८४ को निर्वाचनमा जानुपर्छ : गगन थापा
मन्त्रिपरिषद्को बैठक राखेर शिक्षक आन्दोलनबारे निर्णय गर्न गगन थापाको आग्रह
प्रदेश सरकार थप प्रभावकारी रूपमा सञ्चालन हुनुपर्छ: गगन थापा
गगन थापामा किन देखियो धार्मिक मोह ?
चैतभित्र क्रियाशील सदस्यता नवीकरण नगर्नेले महाधिवेशनमा भाग लिन पाउँदैन : गगन थापा