काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले फागुन २७ मा संसदमा सम्बोधन गदैं भनेका थिए – अहिले सरकार र सरकारी संयन्त्रमा बसेका साथिहरूले बडो घमण्ड गरेको सुनिन्छ, सरकार यो गर्दैछ, त्यो गर्दैछ भनेर । तर, दुई तिहाइको घोडा कसले चलाएको छ रु, म जोड दिएर भन्छु, सरकारको दुई तिहाईको घोडा प्रधानमन्त्री र मन्त्रीहरूले चलाएको मैले देखेको छैन । तपाईंहरूले गर्ने नियुक्ति, सेटिङ, बिचौलियाले गरेको देखेको छु । सत्ताको ड्राइभिङ सिटमै आज विचौलिया छ ।’
प्रचण्डले संसदमा लगाएको आरोप जस्तै आरोप आर्थिक पत्रकारहरुले पनि लगाउन थालेका छन् । आर्थिक पत्रकार रमेशकुमारले लेखेका छन्, सार्वजनिक सस्थाको चिरहरण, स्वार्थ समुहको हालीमुहाली स्थापना र नागरिक चेतनाको अवमूल्यनको रेकर्ड बन्यो । यत्तिको कुशासन काल त थिएन होला कहिल्यै ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा रहँदा कुलमान घिसिङले विजुलीको बिल नतिर्ने उधोगी ब्यवसायीलाई कस्न खोज्दा विचौलियाहरु उनैलाई कस्न लागिपरे । अन्ततः विचौलिया समुह फेरि एकपटक सरकारमाथी हावी भएको छ ।
मारवाडी ब्यवसायीहरले सरकारलाई विजुलीको बिल बापत तिर्नुपर्ने झण्डै साँढे ६ अर्व रुपैयाको रकम नतिर्न अनेक प्रपञ्च रची रहेका बेला उनीहरुले राजनीतिक नेतृत्वलाई समेत मिलाउन थालेका थिए । त्यसैको परिणति अहिले विद्युत प्राधिकरणमा कुलमान हटाउने खेलसम्म पुगेको छ ।
अव यी विचौलिया समुहको अन्तिम योजना गर्भनर पद हाइज्याक गर्नेसम्ममा पुगेको छ ।
कांग्रेस एमालेले सरकार निर्माण गरिरहँदा अस्थिरता भयो, मुलुकलाई स्थायित्व दिँदै विकासलाई अघि बढाउने अपेक्षामा सरकार गठन गरिएको बताएका थिए । तर ब्यवहारतः यी दुवै दल र सरकार विचौलियाको प्रभावमा उनीहरुकै सेटिङमा काम गर्न थालेका छन् । त्यही सेटिङ अनुसार विद्युत प्राधिकरणमा घिसिङ हटाउने योजना सफल बनेको छ ।
विचौलियाहरुले शुरुमा कुलमानलाई विद्युत प्राधिकरणबाट हटाएर अवकाशप्रँप्त कर्मचारी अर्जुन कार्कीलाई ल्याउन चाहेका थिए । त्यसका लागि विचौलिया समुहले परराष्टमन्त्री समेत रहेकी कांग्रेस सभापति शेरवहादुर देउवा पत्नी डा आरजु राणा देउवा र उर्जामन्त्री दिपक खड्कासम्मलाई मिलाईसकेको थियो ।
पत्नीको आग्रहमा देउवपनि कार्कीलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने योजना अगाडी बढिसकेको थियो । तर अन्तिममा प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगको प्रमुख र विधुत प्राधिकरणको कार्यकारी निर्देशक आफनो भागमा राख्ने र गर्भनर कांग्रेसको कोटाका लागि दिने गरी समझदारी जुटाएर नाताले आफनो सालो पर्ने हितेन्द्र देव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरे । कुलमान घिसिङलाइृ हटाउने निर्णयमा ओलीले देउवाको पनि साथ लिए ।
बालुवाटार स्रोतका अनुसार, उर्जामन्त्री खड्का, परराष्टमन्त्री राणा र केही विचौलिया समुह विद्युत प्राधिकरणको कार्यकारी अध्यक्ष बनाउन अर्जुन कार्कीको नाम बोकेर बालुवाटार पुगेका थिए । तर विचौलियाकै अर्काे समुह कार्कीको नाम बालुवाटार पुगेको सूचनापछि उनलाई पन्छाउन सक्रिय रहे । उनीहरुले कार्कीले पार्टी शीर्ष नेताहरुलाई लेख लेखेरै आलोचना गर्न थालेको समाचार लिंकहरु बालुवाटार पठाउने अभियान नै चलाए ।
खासगरी कार्कीले बाह्रखरी डटकममा नेतृत्वका विरुद्धमा लेखेका लेखहरुको लिंक नै बालुवाटार पुग्यो । अनि ओली झस्किए । कार्कीलाई दिन नसक्ने निश्कर्षमा उनी पुगे । त्यसपछि बाजी लाग्यो हितेन्द्रदेव शाक्यलाई ।
न्युजपोर्टल ‘बाह्रखरी’मा कार्कीले लेखेका लेखहरूको लिंक नेताहरूबीच सर्कुलेट भएपछि आफूले पहिरिनै लागेको कार्यकारी निर्देशकको ताज अर्कैको टाउकोमा पुगेको कार्कीले पत्तो नै पाएनन ।
बिचौलिया समूहले आफूअनुकूल निर्णय गर्न आनाकानी नगर्ने र नडराउने सुरो स्वभावका व्यक्तिका रूपमा कार्कीलाई अगाडी सारेका थिए । तर विचौलियाकै अर्काे समुहले कार्की भरपर्दाे देखेनन । अनि हितेन्द्र देव उनीहरुको रोजाईमा पर्न गयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ चैत्र २०८१, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भैरहवामा उडान स्थगितका लागि तीन वायुसेवाले पठाए प्राधिकरणमा पत्र