चितवन । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा हिजो मध्यान्न करिब एक घन्टाभन्दा लामो समय अप्रत्याशित शब्दहरु देखापरे । त्यसमा लेखिएको थियो– केपी चोर देश छोड ।
देशका प्रधानमन्त्रीविरुद्ध लेखिएका आपत्तिजनक नारा सरकारी निकायकै डिजिटल बोर्डमा कसरी डिस्प्ले भयो ? अहिले सामाजिक सञ्जालमा यसले खैलाबैला मच्चिएको छ । कार्यालय समयभित्रै यस्तो हुन गएको कारणबारे विद्युत प्राधिकरण भरतपुरले कुनै पनि औपचारिक सूचना बाहिर ल्याएको छैन ।
यो विषयमा विरोध जनाउन आज बिहान करिब १० बजे एमालेका युवाहरु विद्युत कार्यालयमा ध्यानाकर्षण पत्र लिएर गएका थिए । त्यस क्रममा नेकपा एमाले निकट युवा संघ तथा अनेरास्ववियु चितवनका कार्यकर्ताहरु कार्यालय प्रमुख रामु श्रेष्ठविरुद्ध खनिएको र हातपातसमेत गरेको आरोप लागेको छ ।श्रेष्ठले आफूलाई युवा संघका कार्यकर्ताले आफूलाई हातपात गरेको बताए । आफूले कुटाइ खाएको र कार्यालयसमेत तोडफोड गरिएको उनको भनाइ छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले पनि युवा संघका विद्यार्थीहरुले कुटेको जानकारी आएको बताएका छन् । उनले कार्यालय प्रमुख श्रेष्ठलाई बाहिरी चोट भने नभएको उनले जानकारी दिए ।प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार प्राधिकरण भरतपुर वितरण केन्द्रले डिजिटल बोर्डका विषयमा कुनै आधिकारिक धारणा दिएको छैन ।
‘हामीले स्पष्टीकरण सोधेर पठाएका छौँ, प्राधिकरणले जवाफ पठाइसकेको छैन,’ उनले नेपाल प्रेससँग भने । युवा संघ केन्द्रीय सचिवालय सदस्य तथा चितवन जिल्ला इन्चार्ज शंकर अधिकारीका अनुसार कार्यालय प्रमुख श्रेष्ठले ज्ञापन पत्र समेत लिने वातावरण नबनाएपछि विवाद भएको बताए । युवाहरुले सम्झाउन खोज्दा कार्यालय प्रमुख श्रेष्ठ भागेर शौचालयतर्फ जान लाग्दा लडेको उनको दावी छ ।
‘प्रमुखलाई ज्ञापन पत्र बुझाउन नपाएपछि कार्यकक्षमा ताला लगाएर बाहिर टाँसेर फर्किएका हौं,’ उनले भने ।युवा संघले प्रधानमन्त्रीविरुद्ध लेखिएको डिस्प्लेबारे स्पष्टीकरण सोध्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो ।
नेकपा एमाले चितवनका सचिव प्रकाश ढुंगानाले देशको प्रधानमन्त्री विरुद्ध डिस्प्ले बोर्डमा गलत सन्देश जाँदा समेत वेवास्ता गर्नु विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको गम्भीर लापरबाही भएको बताए । यसबारे एमालेका युवा तथा विद्यार्थीहरुले ज्ञापन पत्र बुझाउन गएको अवस्थामा वेवास्ता गरी विवाद हुने अवस्था प्राधिकरण प्रमुखले नै निम्त्याएको उनको आरोप छ ।
कसले हाल्छ बोर्डमा कन्टेन्ट ?
विद्युत प्राधिकरण भरतपुरको डिजिटल बोर्डमा विद्युत प्राधिकरण भरतपुरले नै कन्टेन्ट हाल्ने गरेका छन् । कार्यालय प्रमुख श्रेष्ठसँग नै बोर्डको कन्टेन्ट हाल्ने पासवर्ड हुन्छ ।तर, हिजो दिउँसो कार्यालय समयमा नै गएको कन्टेन्ट आफूले नहालेको प्रमुख श्रेष्ठले बताएका छन् ।
उनले आफू बाहेक कार्यालयका एक जना इन्जिनियरसँग पनि डिजिटल बोर्डको पासवर्ड रहेको नेपाल प्रेसलाई बताए । कार्यालय समयमा प्रधानमन्त्री लक्षित कन्टेन्ट पासवर्ड ह्याक गरेर हालिएको दाबी उनले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ चैत्र २०८१, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
पछिल्लो ६ महिनामा ११ अर्बभन्दा बढी नाफा गरेको प्राधिकरणको दाबी
विद्युत प्राधिकरणमा खुल्यो १०८३ जनालाई स्थायी रोजगारी
उद्योगमा तत्काल लाइन नकाट्ने प्राधिकरणको निर्णय
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण