रफाह । इजरायलले गाजामा गरेको आक्रमणमा गएको २४ घण्टामा कम्तीमा पनि ४६ जनाको मृत्यु भएको छ । रातभरि मात्रै २४ जनाको मृत्यु भएको बताइएको छ । ड्रोन आक्रमणमा परेर एक पिता र पुत्री मारिएका थिए । दक्षिण पट्टीमा विस्थापितहरू बस्ने त्रिपालमा ड्रोन लाग्दा कम्तीमा ६ जना मारिएको बताइएको छ ।
आइतबार बिहानयता मात्रै ११ जना मारिएका छन् । मर्नेमा ९ जना खान युनिस क्षेत्रका भएको पुष्टि भएको छ । आक्रमणमा यहाँको एउटा आवासीय भवन र विस्थापितहरू बस्ने त्रिपाल ध्वस्त भएको थियो ।
उद्धारकर्मीहरूले भवनको भग्नावशेषमा पुरिएकाहरूलाई खोजिरहेका छन् । हालैका दिनमा इजरायलले गाजामाथि आक्रमण तीव्र पारेको छ। दिनहुँ जसो मानिसहरू मारिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ चैत्र २०८१, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ सय २३ किलो गाँजासहित एक जना पक्राउ
३ सय ६५ किलोग्राम गाँजासहित चार जना पक्राउ
३६७ किलो गाँजासहित ५ जना पक्राउ
गाजामा युद्धविरामका लागि इजरायलले राखेको प्रस्ताव हमासद्वारा अस्वीकार
वेवारिसे अवस्थामा १८० किलोग्राम गाँजा बरामद
भारतीय नागरिक ८ किलो गाँजासहित विमानस्थलबाट पक्राउ