काठमाडौं । ललितपुरको विभिन्न स्थानहरूमा श्रृंखलाबद्ध रुपमा ल्यापटप चोरी गरेको आरोपमा समूहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–१५ घर भइ काठमाडौं भोटेबहाल बस्दै आएका २५ वर्षीय हिमाल रसाइली र डडेलधुराको बागेश्वर गाउँपालिका–१ घर भएका २९ वर्षीय भोबहादुर थलाल छन् ।उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिकाको ३, ४, १० र १५ वडाका विभिन्न ठाउँमा विभिन्न मितिमा ल्यापटप चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । कोही नभएको मौका छोपेर, होस्टल, अफिस, तथा घर कोठाबाट ल्यापटप चोरी हुने गरेको थियो ।
त्यसपछि अनुसन्धानमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । हाल पक्राउ परेका रसाइली यसअघि ८ पटक चोरी मुद्दामा र ५ पटक अभद्र व्यवहारको कसुरमा गरी १३ पटक मुद्दा चलेका व्यक्ति रहेको ललितपुरका एसएसपी शेखर खनालले बताए ।
त्यसैगरी थलालविरुद्ध यसअघि काठमाडौंबाट १ पटक चोरीको कसुरमा मुद्दा चलेको व्यक्ति रहेको खुलेको छ । उनीहरूबाट २६ थान चोरीका ल्यापटप प्रहरीले बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ मंसिर २०८१, १६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा दश जना पक्राउ
सुनजस्तो देखिने धातुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ
माओवादीको पदाधिकारी बैठक खुमलटारमा सुरु
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
मापसे गरेर एक जनालाई जिउँदै जलाउन खोज्ने चार युवा पक्राउ