काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्षमा माओवादी विजयी भएको छ । उपनिर्वाचनअन्तर्गत सोमबार सम्पन्न मतगणना अनुसार माओवादीका नरबहादुर झाक्री विजयी भएका हुन् ।
विजयी भएका झाक्रीले १६१ मत पाए भने उनका प्रतिस्पर्धी एमालेका नरबहादुर रोकाले ११६ मत पाए । यस्तै तेस्रो भएका नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत मात्रै ल्याए ।
यो वडामा २०७९ को निर्वाचनमा एमालेका नन्दलाल रोकाले माओवादीका जंगबहादुर रोकायलाई ६ मतान्तरले पराजित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ मंसिर २०८१, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु पुगे चीन
माओवादीद्वारा यी ८ बुँदे सर्कुलर जारी
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको उपाध्यक्षमा मनोनीत
तराई-मधेश जागरण अभियानमा फेरि होमियो माओवादी
पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग