प्रहरीका पाँच प्राविधिक एसएसपीको बढुवा सिफारिस

सफल खबर संवाददाता

शुक्रबार, १४ मंसिर २०८१, ०९ : ११
प्रहरीका पाँच प्राविधिक एसएसपीको बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका पाँच प्राविधिक एसपीलाई एसएसपी पदमा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ ।

बढुवा सिफारिस हुनेमा एक कम्प्युटर प्राविधिक र अरु चिकित्सा समूहका छन् ।

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागअन्तर्गत डिजिटल फोरेन्सिक ल्याबमा कार्यरत एसपी श्यामकुमार मण्डल एसएसपी बढुवाका निम्ति सिफारिस भएका हुन् ।

प्रहरी अस्पतालमा कार्यरत एसपीहरु डा. केदार खड्गी, डा. छन्दबहादुर बुढाथोकी, डा. पवनकुमार राय र डा. सुवर्ण कुँवर एसएसपीका निम्ति सिफारिस भएका छन् ।

डा. खड्गी रेडियोलोजी, डा. बुढाथोकी मेडिसिन, डा. राय गण्डकी प्रदेश प्रहरी अस्पताल र डा. कुँवर डेन्टल शाखामा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस