सशस्त्रका १५ जना एसएसपीहरुको सरुवा

सफल खबर संवाददाता

विहीबार, १३ भदौ २०८१, ०६ : ५८
सशस्त्रका १५ जना एसएसपीहरुको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बालका १५ जना एसएसपीहरुको सरुवा गरेको छ । सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक कृष्णराज पाठकलाई बडिमालिका जवान तालिम शिक्षालय कैलालीमा पठाइएको छ ।

विनोदराज श्रेष्ठलाई प्रधान कार्यालयस्थित सीमा सुरक्षा विभाग, प्रविण कँडेललाई मानवश्रोत विभाग, दिगविजय सुवेदीलाई कार्य विभाग र विश्वकुमार भट्टराईलाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । कमलप्रसाद तिउसीना नम्बर–५ विन्ध्यवासिनी मुख्यालय रुपन्देहीमा सरुवा भएका छन् । नीरकृष्ण अधिकारीलाई नम्बर–९ पशुपति बहिनीमा सरुवा गरिएको छ । 

राजस्व भन्सार तथा औधोगिक तालिम शिक्षालय टिकपुरमा नरेन्द्र सेन, नवलपरासी स्थित सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा शंकर खनाल र झापास्थित पाथिभरा जवान तालिम शिक्षालयमा राजेश उप्रेतीलाई सरुवा गरिएको छ । 

जवान तालिम शिक्षालय नौबस्तामा गंगाराम श्रेष्ठ, सप्तरीस्थित दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा नेत्रबहादुर कार्की र नम्बर–४ बाहिनी मुख्यालयमा रमेशकुमार पाण्डेलाई सरुवा गरिएको छ । 

विकाश घिमिरेलाई खेलकुद तथा शारीरिक सुगठन शिक्षालय र जहरसिंह बुढामगरलाई कार्य विभागमा सरुवा गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । गृहमन्त्री रमेश लेखकले एसएसपीहरुको सरुवा निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस