दिल्ली कन्सुलरसहित तीन एसएसपीको सरुवा

सफल खबर संवाददाता

मंगलबार, २२ असोज २०८१, १३ : ५६
दिल्ली कन्सुलरसहित तीन एसएसपीको सरुवा

काठमाडौँ । तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरिएको छ। गृह मन्त्रालयले दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यरत कन्सुलर प्रहरी एसएसपी उमा प्रसाद चतुर्वेदीलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरेको जानकारी दिएको छ ।

चतुर्वेदीको ठाउँमा प्रदेश प्रहरी कार्यालय सुर्खेत (नेपालगञ्ज) मा कार्यरत एसएसपी संजीव शर्मा दासलाई दिल्ली पठाइएको छ। यससँगै दासको ठाउँमा प्रहरी प्रधान कार्यालयबाट एसएसपी दिपक बस्नेतको सरुवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस