विराटनगर । कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारी पक्राउको सूचना कोशी प्रदेशसभा सचिवालयमा टाँस गरेको छ ।
संसद सचिवालयका प्रवक्ता गौतमराज अमात्यले सूचना निकालेर सांसद अधिकारी पक्राउ परेको जानकारी सूचना टाँस गराएका छन् । सूचनामा सांसद अधिकारी २०८१ कात्तिक २५ गते पक्राउ परेको उल्लेख छ ।
सूचनामा ‘जिल्ला प्रहरी कार्यालय (अपराध अनुसन्धान तथा कारबाही शाखा) मोरङको च.नं ५३९६ मिति २०८१-०७-२५ को पत्रअनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयको पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी महेश पाण्डेसमेत भएको लिखत तथा मानव बेचबिखनसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट मिति २०८१-०७-२५ गते पक्राउ अनुमति जारी भएका कोशी प्रदेशसभाका माननीय सदस्य लीलावल्लभ अधिकारीसमेतलाई पक्राउ गरी थप अनुसन्धान कार्यका लागि श्री जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराइएको जानकारी प्राप्त भएकाले प्रदेशसभा नियमावली, २०७४ को नियम १९० को उपनियम (२) बमोजिम माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशन गरिएको छ’, उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ कार्तिक २०८१, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की
कांग्रेसको कोशी सम्मेलन सुरु
कोशी प्रदेशका सडकमा टाइम कार्ड सुरु, १५ स्थानमा चेकिङ हुने
विराटनगर किङ्सले एनपीएल जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा
कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
पूर्वमन्त्री लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय