विराटनगर । प्रदेश सरकारले कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ गते बोलाउने निर्णय भएको छ । आइतबार बिहान बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले माघ ७ गतेबाट प्रदेशको हिउँदे अधिवेशन बोलाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मन्त्रीपरिषद् बैठकले बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको बताए ।सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले बैठकको आह्वान गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ पुस २०८१, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
कोशी प्रदेशले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गर्ने
ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की
कांग्रेसको कोशी सम्मेलन सुरु
कोशी प्रदेशका सडकमा टाइम कार्ड सुरु, १५ स्थानमा चेकिङ हुने
विराटनगर किङ्सले एनपीएल जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा