काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले बैठक बोलाएको छ । समिति सदस्य जीवन परियारले दिएको जानकारी अनुसार दिउँसो ३ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो ।
यो समिति पार्टी महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको छ । ‘दिउँसो ३ बजे बैठक बस्दैछौँ । स्थानीय तह उपनिर्वाचन हुने वडा तथा पालिकाहरूको स्थिति के छ भनेर छलफल हुन्छ र भावी रणनीति पनि बनाउने योजना रहेको छ‚’ सहमहामन्त्री परियारले भने ।
यहीँ मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन मिति घोषणा भएको छ । जसको तयारीमा दलहरू लागेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ कार्तिक २०८१, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छ : कांग्रेस
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु
रास्वपा सांसदको अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति, कानूनी उपचारमा जाने चेताव
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा