‘पूर्ण बहादुरको सारङ्गी’को ‘रैयाँ चाँदीको’ गीतमा विजय र अञ्जनाको दोहोरी ब्याटल

सफल खबर संवाददाता

विहीबार, ०८ कार्तिक २०८१, ११ : ०१
‘पूर्ण बहादुरको सारङ्गी’को ‘रैयाँ चाँदीको’ गीतमा विजय र अञ्जनाको दोहोरी ब्याटल

काठमाडौँ । तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘रैयाँ चाँदीको’ सार्वजनिक गरिएको छ । दोहोरी ब्याटल शैलीको ‘रैयाँ चाँदीको’ गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ भने नवराज पन्तको शब्द तथा गायक अविरलकै सङ्गीत छ ।

भिडियोमा फिल्मका दुई प्रमुख पात्र विजय बराल र अञ्जना बराइली सर्तसहित रोधी बसेका छन् । बाटुली (अञ्जना) हारे पूर्णे (विजय)को श्रीमती बन्ने अनि पूर्णे हारे बाटुलीको घरमा हली बस्नुपर्ने सर्त राखिएको छ । त्यो सर्त स्वीकार गरेर दुवै रोधी बस्छन् ।

झन्डै ९ मिनेट लम्बाईको गीतमा घोचपेच र प्रेमका कुरा समेटिएको छ । अन्तिममा अञ्जनाले रोधी हारेपछि विजयले उनलाई साथमा लिएर जान्छन् ।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको फिल्ममा विजय र अञ्जनासहित प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ ।

विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।

 

प्रतिक्रिया दिनुहोस