हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नीति तथा योजना आयोगसँग कार्य सम्पादन करार सम्झौता गरेका छन् । मुख्यमन्त्री लामाले बुधवार आयोगका अध्यक्ष गङ्गादत्त नेपालसँग कार्य सम्पादन करार सम्झौता गरेका हुन् ।
मुख्यमन्त्री लामाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमहरूको कार्य सम्पादनलाई प्रभावकारी र नतिजामुखी बनाउन आयोगका उपाध्यक्ष नेपालसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । प्रदेश नीति तथा योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ बमोजिम कार्यसम्पादन करार सम्झौता गरिएको हो ।
सम्झौता अनुसार आयोगले वार्षिक स्वीकृत कार्यक्रम सहित प्रभावकारी र उपलब्धिमूलक नयाँ तथा फरक शैलीको कार्यक्रम पनि गर्न निर्देशन गरिएको छ । गत ९ गते सरकारको नेतृत्व गरेका मुख्यमन्त्री लामाले गत भदौ २६ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाललाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ कार्तिक २०८१, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बनेको छः मुख्यमन्त्री लामा
उद्योग सञ्चालनको उपयुक्त वातावरण बनाउन जरुरी छः मुख्यमन्त्री लामा
उद्योग सञ्चालन विना रोजगारी सिर्जना हुन सक्दैन : मुख्यमन्त्री लामा
मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिने