मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नागरिक लक्षित गुणस्तरीय सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मुख्यमन्त्री लामाले प्रदेश सरकारले हेटौँडा अस्पतालसहित प्रदेशका १३ अस्पतालको सेवालाई गुणस्तरीय बनाउन प्राविधि तथा जनशक्तिको व्यवस्थापनमा काम गरिरहेको बताए ।
मंगलबार हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवाको शुभारम्भ गर्दै मुख्यमन्त्री लामाले स्वास्थ्य सेवालाई सहज र गुणस्तर वृद्धिमा सरकारले लगानी बढाएको बताए । विगतको तुलनामा प्रदेशको स्वास्थ्य सेवामा क्रमिक रूपमा सुधार भइरहेको उनको भनाइ छ ।
उनका अनुसार हेटौँडा अस्पतालमा कार्डियो सेवा तथा क्याथ ल्याबको दीर्घकालीन सञ्चालनका लागि उपकरण र दक्ष जनशक्ति व्यवस्थापनको काममा सरकारले प्रतिबद्ध रहेको छ । हाल देशमा मुटु रोग सम्बन्धी समस्याको दर उच्च हुँदै गएकाले प्रदेश सरकारले त्यस तर्फ गम्भीर र सतर्क रहेको उनको भनाइ छ ।
स्वास्थ्य सेवालाई राजनीतिकरण गर्न बन्द गर्नुपर्ने मुख्यमन्त्री लामाले आग्रह गरे । राजनीति नेतृत्वको सुझाव र समन्वयमा आम नागरिकहरूमा स्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्याउन जरुरी रहेको उनले बताए ।कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेशको स्वास्थ्य सेवा गुणस्तरीय बनाउन आफ लागि परेको बताए ।
विभिन्न संघ संस्थासंगको समन्वयमा प्रादेशिक अस्पतालको सेवा विस्तार तथा व्यवस्थापनमा मन्त्रालयले काम गरिरहेको उनले बताए ।हेटौँडा अस्पतालमा कार्डियो सेवाको दीर्घकालीन सञ्चालन तथा क्याथ ल्याव सञ्चालनका लागि दातृ संस्थासँग साझेदारी गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।
‘स्वास्थ्य सेवा विस्तार र प्रभावकारितामा सरकारले लगानी गरिरहेको छ । प्रदेशकै ठुलो अस्पतालको रूपमा हेटौँडा अस्पताललाई विकास गर्न उपकरण तथा दक्ष जनशक्ति व्यवस्थापन भइरहेको छ,’ उनले भने, ‘प्रदेशका नागरिकहरूलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन टेलिमेडिसिन मार्फत सेवा प्रदानको काम थालिएको छ ।
प्रदेशमा २ वटा ट्रमा सेन्टर सञ्चालनको योजना अनुसार काम भइरहेको छ भने स्थानीय तहका स्वास्थ्य संस्थाको सेवा प्रवाहमा प्रदेश सरकारले समन्वय र व्यवस्थापनको काम थालिएको छ ।’
कार्यक्रमको अध्यक्षता गरेका मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. प्रदीप ज्ञवाली प्रादेशिक अस्पतालको सेवा बिस्तारसँगै निरन्तरता महत्त्वपूर्ण हुने बताए । सेवा विस्तारमा आएका छात्रवृत्तिका विशेषज्ञ डाक्टरलाई अस्पतालमा २ वर्ष टिकाउन पर्ने अवस्था रहेको उनले बताए ।
उनका अनुसार नीतिगत रूपमा प्रतिष्ठानमा सङ्काय निर्माण गरेर डाक्टरको दरबन्दी कायम गर्छौ । हेटौँडा अस्पतालमा कार्डियो सेवासँगै क्याथ ल्याव निर्माणको तयारीमा प्रतिष्ठानले काम अघि बढाउने उनले बताए । अस्पताल र प्रतिष्ठानको विवाद समाधान गर्न तलव, प्रशासनिक कार्य एकद्वार बनाउने तयारी भइरहेको उनले बताए ।
स्तरीय स्वास्थ्य सेवाका लागि प्रदेश सरकारले उपयुक्त बजेट व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ । आगामी वर्षबाट प्रतिष्ठानमा एमबीबीएस कार्यक्रमका सञ्चालनको लागि ७५ प्रतिशत बजेट सुनिश्चित गर्नपर्ने भएकाले सरकारले उपयुक्त निर्णय गर्नुपर्नेमा उनले जोड दिए । उनले रिसर्च बेस कार्यक्रमका लागि प्रतिष्ठान तयार रहेकाले सरकारले उपयुक्त वातावरण तयार पार्न सरकारलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०८१, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जलवायु परिवर्तनका कारण नेपालले ठुलो क्षति व्यहोरिरहेको छ: मुख्यमन्त्री लामा
भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बनेको छः मुख्यमन्त्री लामा
उद्योग सञ्चालनको उपयुक्त वातावरण बनाउन जरुरी छः मुख्यमन्त्री लामा
मुख्यमन्त्री लामाद्वारा नीति आयोगका अध्यक्ष नेपालसँग करार सम्झौता
उद्योग सञ्चालन विना रोजगारी सिर्जना हुन सक्दैन : मुख्यमन्त्री लामा
मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिने