मध्य प्रदेशको जबलपुरस्थित एक बारुद कारखानामा विष्फोट, १३ जना घाइते

सफल खबर संवाददाता

मंगलबार, ०६ कार्तिक २०८१, १३ : ४५
मध्य प्रदेशको जबलपुरस्थित एक बारुद कारखानामा विष्फोट, १३ जना घाइते

काठमाडौं। भारतको मध्य प्रदेशस्थित जबलपुर जिल्लामा रहेको एउटा बारुद कारखानामा विस्फोट भएको हो । आज बिहान भएको विस्फोटमा परी एक दर्जनभन्दा बढी घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रारम्भिक जानकारी अनुसार मंगलबार बिहान १० बजेर ४५ मिनेटमा विष्फोट भएको हो । घटनास्थलमा एक दर्जनभन्दा बढी कर्मचारी गम्भीर घाइते भएका छन्, जसमध्ये दुईको अवस्था चिन्ताजनक छ।सेनाका लागि बनाइएका बममा बारूद भर्ने क्रममा विष्फोट भएको हुनसक्ने आशंका गरिएको छ ।

जबलपुरको ओर्डनेन्स फ्याक्ट्री खमरिया रक्षा मन्त्रालयको ठूलो गोलाबारूद उत्पादन गर्ने कारखाना हो । यहाँ सेनाका लागि लडाकु विमान र युद्ध ट्याङ्कका लागि बम पनि बनाइन्छ । घाइते सबैलाई उपचारका लागि निजी अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ । जसमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस