पूर्वमन्त्री श्रेष्ठको निधन

सफल खबर संवाददाता

बुधबार, ३० असोज २०८१, ११ : २२
पूर्वमन्त्री श्रेष्ठको निधन

काठमाडौँ । पूर्वमन्त्री डम्बर श्रेष्ठको निधन भएको छ । क्यान्सरबाट पीडित उनको चितवनस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको हो ।

नेकपा मालेको स्थायी कमिटीका परामर्शकारी सदस्य समेत रहेका उनले लामो समयदेखि चितवनको भरतपुर स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर रोगको उपचार गराउँदै आएका थिए । नेकपा मालेले बुधबार एक शोक वक्तव्य जारी गर्दै उनको निधनले स्तब्ध भएको जनाएको छ ।

‘कमरेड डम्बरको निधनले पार्टीले एउटा जिम्मेवार नेता र नेपालको श्रमजीवी वर्गले एउटा भरपर्दो क्रान्तिकारी साथी गुमाएको छ । यो अपूरणीय क्षति हो’, महासचिव सिपी मैनालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस