ग्लोबल आईएमई बैंकको लाभांश घोषणा

सफल खबर संवाददाता

मंगलबार, २२ असोज २०८१, १२ : ०३
ग्लोबल आईएमई बैंकको लाभांश घोषणा

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडको लाभांश घोषणा भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वासलातमा आधारित वितरणयोग्य नाफा र पुँजी समायोजन कोषबाट ५.५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । 

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुने बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस