काठमाडौं। ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी र स्वतन्त्र–महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएका छन् । बिहीवार बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृत र ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र विभिन्न संघ–संस्थामा संलग्न थिइन् ।त्यसैगरी समितिले बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई २०८१ भदौ १ गतेदेखि लागू हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा रहेका रेग्मी २०६५ मा नायव प्रबन्धक तहबाट ग्लोबल आईएमईमा प्रवेश गरेका थिए । रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबीए गरेका छन् ।
ग्लोबल आईएमईमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापनलगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० साउन २०८१, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आईएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा ३५ जनालाई छात्रवृत्ति प्रदान
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकको लाभांश घोषणा
ग्लोबल आईएमई बैंक मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनर
ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दीगो साझेदार
ग्लोबल आईएमई बैंकमा स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटको १० मिलियन डलर लगानी