काठमाडौँ । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनरमा ग्लोबल आईएमई बैंक भित्रिएको छ। नेपालमा २०२० देखि सुरु भएको मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो।
यस वर्षको मिस युनिभर्स नेपाल २०२४ को आवेदन छनोट प्रक्रिया सुरु भइसकेको छ भने ग्रान्ड फिनाले भदौको दोस्रो हप्तातिर हुने भएको छ। अडिसनमा नेपाली र एनआरएनको उत्साहजनक सहभागिता रहेको आयोजक ग्लोबल ग्लामर भेन्चरले बताएको छ।
कार्यक्रमको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले यस वर्ष ट्रान्सजेन्डर, विवाहित, गैरआवासीय महिलाहरू र डाक्टर, इन्जिनियर, पाइलट लगायत विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागिता भएको जनाएको छ। प्रारम्भिक चरणको आवेदन छनोट प्रक्रियामा ६० जनालाई फिजिकल अडिसनको लागि सर्टलिस्ट गरिएको र त्यसबाट ३५ जनालाई प्रशिक्षण दिइने आयोजकले जनाएको छ।
यो वर्ष प्रशिक्षणको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षकहरू राखिएको आयोजकले जनाएको छ। प्रशिक्षणको लागि एलेक्जेन्डर गोन्जालेज र लुइस पोर्टेलिस रहेका छन्। एलेक्जेन्डर इन्टरन्यासनल इमेज कन्सल्टेन्ट र पेजेन्ट कोरियोग्राफर हुन् भने लुइस पेजेन्ट एनालिस्ट हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ साउन २०८१, २१ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आईएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा ३५ जनालाई छात्रवृत्ति प्रदान
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकको लाभांश घोषणा
ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी र महिला सञ्चालकमा ज्ञवाली
ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दीगो साझेदार
ग्लोबल आईएमई बैंकमा स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटको १० मिलियन डलर लगानी