ललितपुर। असार २० मा आयोजित सम्झौता पत्र हस्तान्तरण समारोहमा नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दीगो साझेदारको रूपमा घोषणा गरेको छ।
यो साझेदारीले नास आईटीको उद्योग-बीचको सहकार्यलाई प्रवर्द्धन गर्ने र प्राविधिक नवाचार मार्फत नेपालको आर्थिक विकासलाई अगाडि बढाउने मिसनमा महत्वपूर्ण माइलस्टोनको संकेत गर्दछ।
यस साझेदारी मार्फत ग्लोबल आईएमई बैंकले नास आईटी सदस्य कम्पनीहरूद्वारा विकसित नवीनतम प्रोडक्टहरू र सफ्टवेयरहरूको पहुँच प्राप्त गर्नेछ। नास आईटी मार्फत् बैंकको डिजिटल बैंकिंग र आईटी टोलीले प्राविधिक प्रगति सम्बन्धित सल्लाहहरू प्राप्त गर्नेछन्। नास आईटी सदस्य कम्पनीहरूले बैंकबाट अनुकूलित वित्तीय सोलुसनहरू र विशेष सेवा प्राप्त गर्नेछन्।
ग्लोबल आईएमई बैंक नास आईटीको नवस्थापित दीगो कोषलाई सहयोग गर्ने पहिलो दीगो साझेदार बनेको छ। नास आईटीले प्रमुख साझेदारहरूसँग साझेदारी गर्न, नवाचार र अनुसन्धानलाई प्रवर्द्धन गर्न, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन गर्न, शिक्षा र सीप विकासलाई प्रवर्द्धन गर्न, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्न दीगो कोष सुरू गरेको छ।
नास आईटी नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्य सहित स्थापना भएको आईटी कम्पनीहरूको गैरनाफामूलक छाता संस्था हो। स्थापना कालदेखि नै संस्थाले नेपालको आईटी क्षेत्रलाई अगाडि बढाउन नवप्रवर्तन, शशक्तिकरण, सहकार्य, क्षमता अभिवृद्वृधि र नीति पैरवीमा काम गर्दै आएको छ।
ग्लोबल आईएमई बैंक नेपालमा एक प्रमुख वित्तीय संस्था हो, जसले रणनीतिक वित्तीय पहलहरू मार्फत आर्थिक विकासलाई प्रोत्साहन गर्न प्रतिबद्ध छ। उद्योग-बीचको सहकार्य र प्राविधिक प्रगतिलाई समर्थन गरेर ग्लोबल आईएमई बैंकले नेपालमा एक सशक्त र गतिशील प्राविधिक पारिस्थितिको सिर्जनामा योगदान पुर्याउने लक्ष्य राखेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असार २०८१, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आईएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा ३५ जनालाई छात्रवृत्ति प्रदान
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकको लाभांश घोषणा
ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी र महिला सञ्चालकमा ज्ञवाली
ग्लोबल आईएमई बैंक मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनर
ग्लोबल आईएमई बैंकमा स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटको १० मिलियन डलर लगानी