काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज रु ५० लाख हस्तान्तरण गरेको छ ।
आइतबार कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीन रुपमा गर्नुपर्ने कामबारे सुझावसहित कोषलाई ५० लाख हस्तान्तरण गरेको हो । कांग्रेसले सो रकममा पार्टीका सांसदहरुको आधा महिनाको पारिश्रमिकसमेत राखेको बताएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीलाई भेटेर सभापति देउवाले ३४ बुँदे सुझावपत्र तथा चेक हस्तान्तरण गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव मननीय भएको बताए ।
उनले विपदले कुनै जात, उमेर र धर्म नभनी सबैलाई सङ्कटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ (लिड) गर्ने विश्वास दिलाए ।
नेपाली कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्व तयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ । सो अवसरमा गृहमन्त्री रमेश लेखक, दलका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा तथा लगायत सहभागी रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असोज २०८१, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छ : कांग्रेस
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु
रास्वपा सांसदको अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति, कानूनी उपचारमा जाने चेताव
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा