माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २० असोज २०८१, ०७ : ५७
माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ ज्यामिरेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पछाडि सवार अर्का एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनवलको ज्यामिरे चोकमा बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ८४५३ नम्बरको माइक्रोले लु ७९ प ९१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका तिलोत्तमाका ३२ वर्षीय ऋषि लम्तरीको उपचारको क्रममा भलुही मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा परी विवेक गुरुङ घाइते भएका छन् ।