'छक्का पञ्जा ५' को ट्रेलर सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, १९ असोज २०८१, १९ : २५
'छक्का पञ्जा ५' को ट्रेलर सार्वजनिक

 काठमाडौं। यस वर्षको प्रतिक्षितमध्येको फिल्म 'छक्का पञ्जा ५' को ट्रेलर सार्वजनिक भएको छ। 

फिल्म रिलिजको पाँच दिनअघि आज बेलुका ट्रेलर सार्वजनिक गरिएको हो। 

यस श्रृंखलामा पनि दीपकराज गिरी राजा पात्रको भूमिकामा छन्। केदार घिमिरे माग्ने बुढाको भूमिकामा छन्। शीर्ष अभिनेत्रीको भूमिकामा वर्षा सिवाकोटी छिन्। यस शृंखला कर्मचारीतन्त्र र राजनीति वरपर घुमेको सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ।

यसअघि लुकाइएका फिल्मका अन्य कलाकार ट्रेलरमार्फत जानकारी दिइएको छ। फिल्ममा दीपकराज, केदार र वर्षाका साथमा निर्मल शर्मा, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेश खनाल, हिउँवाला गौतम, नवीन श्रेष्ठ, दमन रूपाखेती, लोकेन्द्र लेखक

प्रतिक्रिया दिनुहोस