चितवन। चितवनको माडी नगरपालिका–१ बरुवामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भिर घाइते भएकी छन् । बुधवार साँझ ७ः५० बजेको समयमा ना ४३ प ७०४१ नम्बरको मोटरसाइकलले पैदलयात्री बरुवाकी ६० वर्षीय हठनी कुमारी महतोलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी महतोको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल चालक फरार छन् । उनको खोजी कार्य जारी छ । मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असोज २०८१, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिराहामा एक सय ४६ मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
रक्षामन्त्री चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो
मोटरसाइकलको ठक्करबाट अछाममा एक जनाको मृत्यु
प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु