काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
भुटानी राजपरिवारको निमन्त्रणामा बिहीबार पारिवारिक सदस्यहरूसहित भुटान पुगेका पूर्वराजा शाह आइतबार बिहान नेपाल फर्केका हुन् ।
धार्मिक भ्रमणमा भुटान गएका भनिएका शाहले आफूले अध्ययन गरेको दार्जिलिङको नर्थ पोइन्ट स्कूलमा आफ्ना केही सहपाठीसहित पूर्वविद्यार्थीहरूको भेलालाई सम्बोधन गरेको बताइएको छ ।
पूर्व राजा शाहसँगै उनकी छोरी प्रेरणा, भतिजी सितास्मासहित निजी सचिवालयका सहयोगीहरू समेत भुटान गएका थिए ।
भ्रमण सकेर नेपाल फर्कने क्रममा शाहलाई भुटानका नरेश जिग्मे केशर वाङचुकले शाही अतिथि गृह थिम्पुमा बिदाइ गरेका थिए ।
पूर्वराजा शाहको भुटान भ्रमणलाई राजनीतिक रूपमा अर्थपूर्ण हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असोज २०८१, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा शाह गोरखनाथ र मनकामना जाने
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा, समर्थकले गरे स्वागत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन
पूर्वराजा शाह आज गोरखपुर जाँदै, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले भेट्ने
भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ: ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्रले भारतका उच्च नेतासँग भेट्दै