मोरङ । मोरङमा बस र बोलेरो आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गमा पर्ने बेलबारी नगरपालिका–३ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख १४९० नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिँदा बोलेरो चालक बेलबारी–९ बाहुनीका ३६ वर्षीय कृष्ण थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई प्रहरीले उपचारका लागि न्युरो अस्पताल विराटनगर पुर्याएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
दुर्घटनापछि बसका चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असोज २०८१, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
रक्षामन्त्री चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो
मोटरसाइकलको ठक्करबाट अछाममा एक जनाको मृत्यु
मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको घटनास्थलमै मृत्यु
सुस्तामा ट्रकको ठक्करबाट साइकलमा सवार वृद्धको मृत्यु