एजेन्सी । उत्तर प्रदेशको मिर्जापुरमा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा १० मजदुरको मृत्यु भएको छ।
बीबीसी हिन्दीका अनुसार यो दुर्घटना बिहीबार राति करिब १ बजे भएको हो।
मिर्जापुर प्रहरीका अनुसार ट्रकले पछाडिबाट ट्याक्टरलाई ठक्कर दिँदा १० मजदुरको मृत्यु भएको हो।
मिर्जापुरका प्रहरी उपरीक्षक अभिनन्दनका अनुसार ट्र्याक्टरमा १३ जना मजदुर सवार थिए।
उनले भने- १३ जनामध्ये १० जनाको मृत्यु भएको छ भने तीन जनालाई उपचारका लागि बनारस पठाइएको छ। यी सबै मजदुर बनारसका बासिन्दा थिए। छिमेकी भदोहीमा कास्टिङको काम सकेर फर्किरहेका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १८ असोज २०८१, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
रक्षामन्त्री चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो
मोटरसाइकलको ठक्करबाट अछाममा एक जनाको मृत्यु
मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको घटनास्थलमै मृत्यु
सुस्तामा ट्रकको ठक्करबाट साइकलमा सवार वृद्धको मृत्यु