आजदेखि राउत नयाँ प्रधानन्यायाधीश

सफल खबर संवाददाता

आइतबार, २० असोज २०८१, ०९ : ५२
आजदेखि राउत नयाँ प्रधानन्यायाधीश

 काठमाडौ । नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज (आइतबार) शपथ खाँदै छन्। 

राष्ट्रपति भवनमा दिउँसो १:३० बजे प्रधानन्यायाधीशको शपथ समारोह आयोजना गरी शीतलनिवास स्रोतले जानकारी दिएको छ। शपथपछि आजै पदभार ग्रहणका लागि सर्वोच्च अदालतले तयारी गरिरहेको छ।

यसअघिका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ६५ वर्षे उमेरहदका कारण गएराति १२ बजेबाट अनिवार्य अवकाश लिइसकेका छन्। त्यसैले उनको स्थानमा राउतलाई नियुक्त गरिएको हो। 

संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीश राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत भदौ ३१ गते सिफारिस गरेको थियो।

यही असोज १६ गते उनी संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदन भएका थिए। राउतले अब २०८२ चैत १७ गतेसम्म न्यायालयको नेतृत्व गर्नेछन्।

यसैबीच सर्वोच्च अदालतसहित देशभका अदालतमा घटस्थापनाकै दिनदेखि दसैँ बिदा दिइसकिएको छ।

तर बन्दी प्रत्यक्षीकरण सुनुवाइका लागि भने सर्वोच्च अदालतल खुला रहने जनाइएको छ। यसका लागि निश्चित न्यायाधीश र कर्मचारी तोकिएका छन्। 

प्रतिक्रिया दिनुहोस