एजेन्सी । स्पेनिस ला लिगा फूटबलमा रियल म्याड्रिडले भिल्लारियालविरुद्ध २–० गोल अन्तरको सहज जीत निकालेको छ ।
शनिवार राति भएको खेलमा घरेलु टोली रियललाई जीत दिलाउन फेडेरिको भाल्भर्डे र भिनिसियस जुनियरले समान एक–एक गोल गरे ।
खेलको १४औं मिनेटमा लुका मोड्रिकको पासमा भाल्भर्डेले पहिलो गोल गरेका थिए । भाल्भर्डेकै पासमा ७३औं मिनेटमा भिनिसियसले दोस्रो गोल गरेका हुन् ।
खेलमा डिफेन्डर ड्यानी कार्भाजाल भने घाइते भएका छन् । उनी अब केही साता मैदान बाहिर रहने भएका छन्
लिगका ९ मध्ये ६ खेलमा जीत निकालेको रियल २१ अंकसहित दोस्रो स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना समान अंकसहित गोल अन्तरका आधारमा शीर्ष स्थानमा रहेको छ ।
यस्तै भिल्लारियाल १७ अंकसहित तेस्रो स्थानमा छ । भिल्लारियालको हारले एट्लेटिको म्याड्रिडलाई फाइदा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असोज २०८१, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्यालेन्सियालाई ५ गोलले हराउँदै बार्सिलोना सेमिफाइनलमा
बेटिसविरुद्ध ५ गोल गर्दै बार्सिलोना क्वार्टरफाइनलमा
बार्सिलोनालाई १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि
बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा
बार्सिलोनाको दोस्रो चरण प्रवेशको सम्भावना बलियो
रेड स्टारमाथि बार्सिलोनाको शानदार जित