काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्यमा नयाँ किर्तिमान कायम भएको छ ।
आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ६१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।
यसअघि असोज ११ गते सुनको मूल्य एक लाख ६१ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै बिहीबार भने सुनको मूल्य एक लाख ६० हजार ९ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदीको मूल्य ३ रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असोज २०८१, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घट्यो
सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा भारी वृद्धि, बन्यो नयाँ रेकर्ड
सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर
तोलामा १९०० रुपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?