रग्बीको ‘च्यालेन्ज थर्ड’ मा नेपाल पराजित

सफल खबर संवाददाता

शनिबार, १९ असोज २०८१, १५ : ३७
रग्बीको ‘च्यालेन्ज थर्ड’ मा नेपाल पराजित

काठमाडौं । नेपाल एसिया रग्बी इमिरेट्स–२०२४ ‘च्यालेन्ज थर्ड’ मा पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा अफगानिस्तानसँग नेपाल २२–५ को स्कोरमा पराजित भएको हो।

एक समय नेपाल र अफगानिस्तानको स्कोर ५–५ थियो। तर, नेपालले सेकेन्ड हाफमा बलियो प्रदर्शन गर्न सकेन। तुलनात्मक रूपमा कमजोर प्रदर्शन गर्दै अफगानिस्तानलाई लगातार अंक सुम्पियो। नेपाल त्यही ५ स्कोरमा रोकिँदा अफगानिस्तानले भने थप १७ स्कोर जोड्यो। योसँगै नेपाल २२–५ को स्कोरमा पराजित हुन पुग्यो।

यसअघि नेपाल ‘च्यालेन्ज’मा कतारसँग ३३–० ले पराजित भएको थियो।

 

प्रतिक्रिया दिनुहोस