काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरियतामा दोस्रो स्थानमा उक्लिएका छन् । नेपालको क्रिकेट इतिहासमा कुनै पनि वरीयता शीर्ष दुईमा पर्ने उनी पहिलो खेलाडी हुन् । आईसीसीले जारी गरेको वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका छन् ।
अलराउण्डरतर्फ टी२० आईमा शीर्षस्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन छन् । लिभिङस्टोनको रेटिङ २५३ र दीपेन्द्रको २३० छ । रेटिङ हरेक खेलको प्रदर्शन अनुसार परिवर्तन हुने गर्दछ ।
टी–२० आई अलराउण्डरको तेस्रो स्थानमा अष्ट्रेलियाका मार्कस स्टोइनिस, चौथो स्थानमा जिम्बावेका सिकन्दर राजा, पाँचौं स्थानमा श्रीलंका वानिन्दु हसरंगा र छैटौं स्थानमा अफगानिस्तानका मोहम्मद नाबी छन् ।
भारतका हार्दिक पान्ड्या सातौं, पाकिस्तानका इमाद वासिम र दक्षिण अफ्रिकाका एडेन माक्ररम नवौं स्थानमा छन् । टी–२० अलराउन्डरतर्फ कुशल मल्ल ६ स्थान तल झर्दै ४० औं स्थानमा छन् । गुल्सन झाले एकै पटक ११ स्थान सुधार गरेका छन् ।
गुल्सन, रोहित पौडेल र इंग्ल्यान्सका साम करन समान ६८ रेटिङका साथ ५३ औं स्थानमा छन् । त्यस्तै अलराउन्डरतर्फ कुशल भुर्तेलले ६ स्थान सुधार गर्दै ६० औं स्थानमा छन् । करण केसी ७१ औं स्थानमा यथावत छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असोज २०८१, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोहित र दीपेन्द्रले क्यारेबियन टी-१० लिग खेल्ने
दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डमा हुने टी-१० लिग खेल्ने
दीपेन्द्र टी-२० वरीयतामा शीर्ष १० मा पर्न सफल