काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले म्याक्स ६० क्यारेवियन टी-१० लिग खेल्ने भएका छन् । आउँदो अगस्टमा हुने म्याक्स ६० क्यारेवियन टी-१० लिगका लागि रोहित र दीपेन्द्र छुट्टाछुट्टै टीममा आबद्ध भएका हुन् ।
रोहित टिम मियामी लायन्स र दीपेन्द्र टिम ग्रैंड केम्यान स्टिन्ग्रेजबाट लिग खेल्न लागेका हुन् । उक्त लिग अगस्ट १८ देखि २५ सम्म हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असार २०८१, १२ : ४४
लेखकबाट थप