दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डमा हुने टी-१० लिग खेल्ने

सफल खबर संवाददाता

विहीबार, २४ जेठ २०८१, ११ : ४२
दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डमा हुने टी-१० लिग खेल्ने

काठमाडौँ। नेपाली क्रिकेट टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डमा हुने टी-१० लिग खेल्ने भएका छन् ।

दीपेन्द्रले स्कटल्यान्डमा अगस्टमा हुने स्कटिस सुपर टी-१० खेल्न लागेका हुन् । उनी सुपर टी-१० का लागी पर्थ रोयल्समा अनुबन्ध भएका हुन् ।

दीपेन्द्रले यसअघि क्यानडाको ग्लोबल टी-२० र युएईको आईएल टी-२० खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस