११ लाख ८१ हजार रुपैयाँसहित १ जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, १६ असोज २०८१, १२ : ००
११ लाख ८१ हजार रुपैयाँसहित १ जना पक्राउ

महोत्तरी। स्रोत नखुलेको ११ लाख ८१ हजार ३ सय रूपैयाँसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा​ महोत्तरीको साम्सी गाउँपालिका- ६ साम्सीगाउँका ४२ वर्षीय शेष हसमत अली छन् ।

उनलाई महोत्तरीको मनरासिसवा नगरपालिका- २ भोल्ही चोकबाट मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको प्रहरीले प्र २-०२-००५ प ५९९५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।