पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घट्यो

सफल खबर संवाददाता

सोमबार, १४ असोज २०८१, २१ : २८
पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घट्यो

काठमाडौँ । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घटाइएको हो ।

आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु. एक, डिजेलमा रु. दुई, हवाई इन्धनमा आन्तरिकमा रु. छ तथा बाह्यमा प्रतिहजार लिटरमा रु. ४५, मट्टीतेलमा रु. दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु. ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ ।

इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस