काठमाडौ । यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँका लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने भएको छ।
महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बैठक बसेर औपचारिक रूपमै अग्रिम टिकट काट्ने व्यवस्था स्थगित गर्न लागिएको जानकारी दिए।
सबै सडक अवरुद्ध भएकाले काठमाडौँबाट यात्रु लिएर गन्तव्यतिर जाने अवस्था नभएकाले अग्रिम टिकट बुकिङ बन्द गर्न लागिएको उनले बताए।
सोमबार पृथ्वीराजमार्ग हुँदै गएका गाडी र यात्रु बीच बाटोमै अलपत्र परेकाले अग्रिम टिकट काटेर बस गुडाउन सक्ने अवस्था नरहेको उनको भनाई छ।
उनले बीचबाटोमै अलपत्र परेका गाडीका चालक र सहचालकले नै पानी र खाना नपाएको गुनासो आएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असोज २०८१, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
व्यवसायीले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी
चर्को सार्वजनिक विरोधपछि नियमित दरमै हवाई टिकट
दसैँको अग्रिम टिकट बुकिङ खुला
एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट
बुढासुब्बा गोल्ड कपको टिकट आइएमई पेबाट काट्न सकिने