मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली नियुक्त

सफल खबर संवाददाता

बुधबार, १६ असोज २०८१, १३ : ०७
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली नियुक्त

काठमाडौँ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले डा. ज्ञवालीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उपकुलपतिका लागि डा. सुरज मानन्धर र डा.हरिबहादुर खड्काको नाम पनि सिफारिस भएको थियो ।ज्ञवालीलाई प्रदेश सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीको सिफारिस र स्वास्थ्य मन्त्री किरण थापाको सहमतिमा मन्त्रिपरिषद् बैठकले उपकुलपतिमा नियुक्त गरेको हो ।

गत साउन १५ देखि रिक्त उक्त पदमा प्रदेश सरकारले २ महिना पछि डा.ज्ञवालीलाई नियुक्त गरेको हो । ४ वर्षे कार्यकालका लागि उपकुलपतिमा नियुक्त भएका डा.ज्ञवाली पाल्पाका हुन् ।

प्रतिक्रिया दिनुहोस