नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यको पुणे जिल्लामा बुधबार हेलिकप्टर दुर्घटना भएको छ । जिल्लाको बावधनमा भएको सो दुघर्टनामा परेर विमानमा सवार दुई पाइलट र एक इन्जिनियरको मृत्यु छ ।
घटना बिहान ६ः४५ बजे बावधनस्थित केके कन्स्ट्रक्सन हिल नजिक भएको हो । हेलिकप्टर अक्सफोर्ड गल्फ कोर्सको हेलिप्याडबाट मुम्बईको जुहुका लागि उडेको थियो ।
उडेको करिब केही मिनेटपछि हेलिकप्टर १ दशमलव ५ किलोमिटर टाढा पुगेर दुर्घटनाग्रस्त भएको समाचारमा उल्लेख छ। दुर्घटना पहाडी क्षेत्रमा भएको बताइएको हो । बिहानै त्यहाँ बाक्लो कुहिरो थियो ।
दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो । दुर्घटनाको जानकारी पाएलगत्तै दुई एम्बुलेन्स र चार दमकल उद्धारका लागि घटनास्थलमा पुगेका थिए । हेलिकप्टरका सबै पार्ट्स चकनाचुर भएर आगो बलिरहेको थियो ।
हेलिकप्टर हेरिटेज एभिएसन नामक निजी कम्पनीको थियो । पाइलट र इन्जिनियर दुवैको पहिचान खुल्न नसकेको बताइएको छ । दुर्घटनाको कारण पनि थाहा हुन सकेको छैन । महाराष्ट्रमा गएको ४० दिनभित्र भएको यो दोस्रो हेलिकप्टर दुघर्टना थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असोज २०८१, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केदारनाथमा हेलिकप्टर दुर्घटना
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको अझै खुलेन पहिचान
हेलिकप्टर दुर्घटना : क्याप्टेन मल्लको शव परिवारलाई बुझाइयो, चिनियाँ नागरिकको पहिचान हुँदै
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाका मृतकको शव परीक्षण थालियो
हेलिकप्टर दुर्घटनाः पोस्टमार्टम गरेर शव आफन्तलाई बुझाइने तयारी
हेलिकप्टर दुर्घटनाका मृतकको भोलि बिहानदेखि पोस्टमार्टम हुने