नेपालगन्जबाट लागु औषधसहित तीन जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ११ असोज २०८१, १५ : २१
नेपालगन्जबाट लागु औषधसहित तीन जना पक्राउ

बाँके । प्रहरीले नेपालगन्ज उपमहानगरपालिकाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित ३ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-४ बाट उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीले शुक्रबारको दैनिक बुलेटिनमार्फत जनाएको हो ।

पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका-४ बस्ने रामेछाप घर भएकी २१ वर्षीया बबिता श्रेष्ठ, २४ वर्षीया मनिषा श्रेष्ठ र २५ वर्षीय बाबु अलि सिद्धिकी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस