कोशीमा योजना आयोगका २ सदस्यहरूले दिए राजीनामा

सफल खबर संवाददाता

विहीबार, १० असोज २०८१, १३ : ४१
कोशीमा योजना आयोगका २ सदस्यहरूले दिए राजीनामा

विराटनगर ।  कोशी प्रदेशको योजना आयोगका सदस्यहरूले राजीनामा दिएका छन्। २ जना सदस्यले राजीनामा दिएका हुन्। 

आयोगका सदस्यहरू सुनसरीको धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपानेले पदबाट राजीनामा दिएका छन्। दुवै जना नेकपा (माओवादी केन्द्र)को कोटाबाट आयोगको सदस्यमा नियुक्त भएका थिए। 

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को २०८१ जेठ २८ गतेको निर्णयपछि बराल र न्यौपानेले आयोगको सदस्यमा नियुक्ति पाएका थिए। राजनीतिक नियुक्ति लिएका उनीहरुले माओवादी सत्ता बाहिर पुगेपछि राजीनामा दिएका छन्। 

प्रतिक्रिया दिनुहोस