सिद्धार्थ बैंकका ग्राहकलाई जङ्गल भिल्ला रिसोर्टमा १५ प्रतिशत छुट

सफल खबर संवाददाता

सोमबार, ०७ असोज २०८१, १३ : १७
सिद्धार्थ बैंकका ग्राहकलाई जङ्गल भिल्ला रिसोर्टमा १५ प्रतिशत छुट

काठमाडौं। सिद्धार्थ बैंक र जङ्गल भिल्ला रिसोर्ट प्रालि (पटिहानी, चितवन)बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले चितवनस्थित उक्त रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटल बसाई (२ रात र ३ दिन) सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा निम्न माध्यममार्फत सम्पर्क गर्न सक्नेछन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस